लोकतन्त्र हामीलाई कसैले किस्तिमा दिएको होईनः प्रधानमन्त्री ओली

१२ भाद्र २०७५, मंगलवार १५:५७

सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क पर्छु

प्रधामन्त्री केपी शर्मा ओलीले लोकतन्त्र कसैले किस्तिमा नदिएको बताएका छन् । मंगलबार प्रतिनिधीसभालाई सम्बोधन गर्दै ओलीले देशमा पञ्चायत गएपछि स्कुलमा भर्ना हुने ्हरुले नै लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क परेको भनेर व्यां्ग्य गर्दै यस्तो बताएका हुन् ।

आफुले लोकतन्त्रको लाग िविगमा धेरै संघर्ष गरेको जनाउदै प्रधानमन्त्री ओलीले सरकार गठन हुनुअघि नै अधिनायकबाट्को नारा लगाउदै मुलुकमा लोकतन्त्र नभएको भन्नु त्यति उचित नभएको उनले बताए । अहिलेका जनताहरु आफै बुझरुख भएकाले जनता तर्साउने काम गर्नु मुर्खता रहेको उनले उल्लेख गरेका थिए । मैले भन्दै आएको छु, यो लोकतन्त्र हामीलाई कसैले किस्तीमा राखेर दिएको होइन।

दशकौं बलिदानपूर्ण संघर्ष गरेर लडेर हामीले नै हासिल गरेका हौं। तानाशाही व्यवस्थाको कालकोठरीमा सँगसँगै दिन बिताएका साथीहरुले मात्रै होइन, पञ्चायत गएपछि स्कुल भर्ना हुनेहरुले पनि मेरो पार्टीको नेतृत्वमा रहेको सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क पर्छु कहिलेकहिलेु, प्रधानमन्त्रीले भने।

मैले हाम्रो लोकतन्त्रलाई अराजकता र गञ्जागोलमा होइन, थितिमा चलाऔं भन्दा अधिनायकवाद भन्ने मित्रहरुले नै कतैकतै लि क्वान युले सानो मुलुक कसरी समृद्ध बनाए सिक, प्रधानमन्त्री सिकु भन्दै भाषण गरेको सुन्छुु, प्रधानमन्त्री ओलीले भने, सारा जीवन लोकतन्त्रका निम्ति खर्च गरेको हुनाले अलिक बढ्दै मोह र स्नेह र आशक्ति पनि हुन सक्छ। त्यसकारण म विकासका लागि लि क्वान यु जति कठोर हुन सक्दिनँ। म लोकतान्त्रिक ढंगले नै अघि बढ्छु। मेरो पार्टीको नीति पनि त्यही हो।