काठमाण्डौका धारामा बाग्मति

४ भाद्र २०७५, सोमबार ०९:०७

भदौ ४, काठमाडौं ।

क्षेत्रका ७० हजार धारामा हप्ताको ५ दिन बाग्मतीको पानी

काठमाडौंका धाराहरुमका बाग्मतिको पानी आउने भएको छ। काठमाडौंमा मेलम्चीको पानी आउन समय लाग्ने भएपनि नयाँ अबधारणा अनुसार बाग्मतिको पानी ल्याईन लागीएको हो । बर्खामा बाग्मति नदिमा पानीको मात्र धेरै हुने भएकाले वर्खामा मात्र यहाँको पानीलाई काठमाडौंमा प्रयोग गरिने छ ।
बाग्मतिको पानी वितरणको लागी गत फागुनमा सुन्दरीजलस्थित ८.५ करोड लिटर क्षमताको प्रशोधन केन्द्र पनि स्थापना गरिएको थियो । शनिबारबाट यही प्रशोधन केन्द्रमा बाग्मतीको पानी प्रशोधन गर्न सुरु गरिएको छ ।
सधै पानीको पिउने पानीको समस्या खेपिरहेका काठमाडौं बासीलाई सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी उपत्यका ल्याउने आयोजा पुरा हुन अझै केहि समय लाग्ने भएपछि हाललाई नयाँ विकल्प अघि सारिएको हो । सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा बागमती नदीको पानी हालेर सोही पानी प्रशोधन गरी उपभोक्ताका धारामा पठाउन सुरु गरिएको छ ।

पानी ल्याइने सुरुङको फिनिसिङ हालसम्म पनि नसकिएकाले उपत्यकामा पानी ल्याइपुर्याउन अझै थप समय लाग्ने देखिएकाले सरकारले यस्तो विकल्प अघि सारेको हो । सुन्दरीजलमा रहेको ८.५ करोड लिटर क्षमताको उक्त प्रशोधन केन्द्रमा बाग्मती नदीको पानी हालेर खानेपानी वितरणको औपचारिक उद्घाटन शनिबार गरिएको हो ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, सभामुख कृष्णबहादुर महरा, मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र उपनिर्देकश दिवाकारप्रसाद ढकालले सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट खानेपानी वितरणको उद्घाटन गरे ।

“हिउँद लागेपछि बाग्मतीमा पानीको मात्रा कम हुने भएकाले कात्तिकसम्म मात्र यसरी वितरण गरिनेछ,” उपनिर्देशक ढकालले भने, “कातिकभित्रै मेलम्चीको पानी आइपुगेपछि यस्तो वितरण प्रणालीका आवश्यकता रहँदैन ।”

मेलम्चीबाट ल्याइने पानीमा रहनसक्ने बालुवाका कण र विभिन्न रसायनिक तत्व फिल्टर गर्ने उद्देश्यले जापानको विकास साझेदार संस्था जाइकाको आर्थिक सहयोगमा सो प्रशोधन केन्द्रको निर्माण फागुनमा सम्पन्न भएको थियो । मेलम्चीबाट आउने पानी प्रशोधन गर्ने उद्देश्य रहे पनि तत्काल मेलम्चीबाट पानी ल्याउन नसकिएकाले हाललाई विद्यमान वितरण प्रणालीमार्फत उक्त प्रशोधन केन्द्रमा बाग्मती नदीको पानी संकलन र शुद्धीकरण गरेर काठमाडौं पठाइने भएको हो ।

सो प्रशोधन केन्द्रको पानी भण्डारण क्षमता ८.५ करोड लिटर भए पनि बाग्मतीबाट दैनिक ३ करोड पानी संकलन गरी वितरण गरिने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक दिवाकर ढकालले बताए ।

बाग्मती नदीबाट दैनिक संकलन र सुद्धीकरण गरिने करिब ३ करोड लिटर पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी महाँकाल चौरमा रहेको खानेपानी ट्याङ्कीमार्फत काठमाडौंको न्युरोड, कमालादी असन त्रिपुरेश्वर, बबरमहल क्षेत्रमा खानेपानी वितरण गरिनेछ ।
यी क्षेत्रका ७० हजार धारामा हप्ताको ५ दिन बाग्मतीको पानी ल्याइने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ । प्रशोधन केन्द्र शनिबार उद्घाटन गरी चाबहिल गोपीकृष्णसम्म खानेपानी ल्याइसकिएको उपनिर्देशक ढकालले बताए ।

विद्यमान वितरण प्रणाली नाम दिइएको पानी वितरण कार्य नेपाल सरकारकै बजेटमा गरिएको छ । बाग्मती नदीमा पानीका मात्रा बढी हुने वर्खाको समयमा मात्र यसरी पानी वितरण गरिनेछ । “हिउँद लागेपछि बाग्मतीमा पानीको मात्रा कम हुने भएकाले कात्तिकसम्म मात्र यसरी वितरण गरिनेछ,” उपनिर्देशक ढकालले भने, “कातिकभित्रै मेलम्चीको पानी आइपुगेपछि यस्तो वितरण प्रणालीका आवश्यकता रहँदैन ।”