नेपाल आज अहिले सम्मकै महंगो डलर

१५ भाद्र २०७५, शुक्रबार ०७:३२

विदेशबाट नेपालमा पैसा उठाउनेलाई आज पठाउदा एकदमै झाईदा हुने देखिन्छ । नेपाली बजारमा विहिबार हाल सम्मकै सबैभन्दा धेरै महंगो छ । आज नेपाली बजारमा १ डलरको बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको छ । यसअघि गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो ।
डलरको भाउ बढ्दा नेपाललाई केही फाइदा हुनेछ भने धेरै घाटा हुनेछ । डलरको भाउ बढ्दा सबैभन्दा धेरै फाइदा रेमिट्यान्स भित्राउनेलाई हुनेछ । डलरको भाउ १ सय १० रुपैयाँ हुँदा विदेशबाट १ डलर रेमिट्यान्स पठाउँदा नेपालीले १ सय १० रुपैयाँ पाउँथे भने अहिले विदेशबाट १ डलर पठाउँदा १ सय १३ रुपैयाँको हाराहारीमा पैसा पाउनेछन् ।

त्यस्तै नेपाल घुम्न आउने पर्यटकलाई पनि फाइदा हुने देखिन्छ । पहिले उनिहरुले १ डलर साट्दा १ सय १०(१२ पाउँथे भने अहिले भने अहिले उनीहरुले १ डलर साट्दा १ सय १३ रुपैयाँ पाउँछन् ।