महाधिवेशनमा जुट्यो कांग्रेस

७ भाद्र २०७५, बिहीबार ०९:५४

नेपाली कांग्रेस यतिबेला महाधिवेशनमा जुटेको छ । कांग्रेस महासमिती बैठक सकिएसंगै महाधिवेशनमा जुटेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकाल सकिनै लागेको कारण कांग्रेसमा आ आफ्नो पकट बनाउने क्रम बढिरहेको छ।

प्यानलकै कारण कमजोर बन्दै गएको कांग्रेसमा अहिले झन गुटको खेति मौलाएको पाईन्छ । सभापतिको लागी नेपाली कांग्रेसका तिनजना नेताहरु अहिले मैदानमा उत्रिएका छन् । सभापतिका लागि हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला लगायतका नेताहरु मैदानमा उत्रिएका छन् ।

कसले बाजी मार्छ भन्ने अन्यौलता अहिले पनि कायमै रहेको पाईन्छ । सबैको चासो विषय पनि रहेको छ । यतिबेला कोईराला परिवारपनि जुरमुराएका कारण कांग्रेस भित्रको प्रतिपर्धा अझ रोचक बन्ने देखिन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई पछाडि पार्दै अध्यक्ष बन्ने धोको बोकेर विगत देखी नै संघर्षरत बरिष्ठ नेता पौडेल पनि यसबेला तामझामका साथ लागेका छन् । तर, देउवा भने खुकुलो बन्दै गएको पाईन्छ । कांग्रेसका भातृ संगठनहरुले देउवालाई असमर्थन गरेको देखीन्छ ।