कर्णालीमा बस दुर्घटना, तीन जना घाइते

७ भाद्र २०७५, बिहीबार १९:११

नेपालमा खतरानाक सडकहरुमा पर्ने कर्णाली राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटना विहिबार भएको हो । दुर्घटनामापरि तीन जना यात्रु घाइते भएका छन्। घाईतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।

जुम्लाबाट सुर्खेत आउँदै गरेको ना ६ ख २५३६ नम्बरको बस र मान्मादेखि जुम्ला जाँदै गरेको भे १ ख १८९८ नम्बरको ट्रक एक आपसमा ठोकिदाँ कर्णाली राजमार्गको खाँडाचक्र ८ विर्तामोडमा दुर्घटना भएको हो। कर्णाली नदिमा खस्नै लागेको बस ढुंगाको सहायताले जोगीउको हो।

बसमा सवार रास्कोटका नविन शाहीले आफूहरु ठूलो दुर्घटनाबाट बचेको बताए। ‘मोडमा बस र ट्रक ठोक्कीए’ नविनले भने ‘भाग्य बलियो रहेछ धन्न बाँचियो।’

शाहीले भने ‘ट्रक भित्तामा ठोकियो, बसलाई नदी सडक किनाराको ठूलो ढुंगाले रोक्योे, बाँच्नु भन्ने लेखेको रहेछ।’ मोडमा ओभर स्पिडका कारण बस र ट्रक एक आपसमा ठोक्कीएको अनुमान प्रहरीको छ।