सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री नै विद्यालयको भवन बनाउन लागेका छन् । भवन निर्माणको लागी मुख्यमन्त्री तथा मन्त्रीहरु बोक्न हिँडेका हुन् । उनहिरु एकाविहानै मन्त्रालयको टोली नै विरेन्द्रनगर वीरेन्द्रनगर नगरपालिका ५ स्थीत सरस्वती टोलमा पुगेका हुन् ।
२०७१ सालमा आएको बाढीले छतविक्षत पारेको उक्त बालबिकास केन्द्र बगाएपछि केटाकेटीहरुलाई पढाउन समस्या उत्पन्न भएको थियो । आफ्ना घरहरु जसोतसो बनाएका सर्वसाधारणले रकम अभावका कारण विद्यालय भने बनाउन सकेका थिएनन् । उनीहरुले बालबिकास केन्द्रको जग मात्र बसालेका थिए । साथै उक्त बालविकाश केन्द्रलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गरेका छन् । यसरी मन्त्रीहरुले काम गरेको हेरिरहेका स्थानीयहरु स्थानीयहरु दंग र मख्ख परेका थिए ।
विद्यालयमा भवन निर्माणमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकासमन्त्री दल रावल लगाएतका प्रदेश सांसदहरु पनि सँगै देखिएका थिए । सो काम गर्नका लागी सुरक्षाकर्मीहरु, कर्मचारीहरुकोे पनि बाग्लो उपस्थित रहेको थियोे ।
श्रम दिवस मनाउन सरस्वती टोलमा पुगेका मन्त्रीहरुलेसँगै इँटा, बालुवा लिएर गएका थिए । मुख्यमन्त्री र मन्त्रीहरुले हातमा इट्टा लिएर बालविकास केन्द्रको भवन निर्माणको कार्य सुरु गरे ।
