१८ बुँदे घोषणापत्र जारी गदै बिमस्टेक सम्मेलन सम्पन्न भएको छ ।

१५ भाद्र २०७५, शुक्रबार १२:४९

 

काठमाडौं । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक चौथो सम्मेलन सम्पन्न भएको छ ।

शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रीड इन्टरकनेक्सन सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्ने आशा गरिएको छ । ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् ।