हात्तिको आक्रमणबाट एकको मृत्यु

१४ भाद्र २०७५, बिहीबार १६:०६

चितवनः चितवनमा हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । विहिबार विहान जंगलमा घाँस काट्न गएको बेला जंगली हात्तिले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
उनको चितवन राष्ट्रिय निकुञ्जका हात्तीले आक्रमणगर्दा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद ९ख० नाम गरेको हात्ती लिएर घाँस काट्नका लागि निस्किएका थिए। सोही क्रममा नजिकैको वन क्षेत्रमा हात्तीले माउतेलाई आक्रमण गरेको हो।

घाँस काट्न गएका दुईमध्ये अर्का एक रुखमा चडेर बाँच्न सफल भएका थिए। सरदार यही भदौ ५ गते सोही हात्तीको माउतेका रुपमा करारमा नियुक्त भएका थिए।