सरकारले सरुवा गर्यो २४ सहसचिव

१४ भाद्र २०७५, बिहीबार ०७:५२

सरकारले २४ जना सहसचिवलाई सरुवा गरेको छ । सरकाको विभिन्न मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत उनहिरुलाई सरकारले सरुवा गरेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

समाचार अनुसार उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरुवा गरिएको हो। कर्मचारी समायोजन प्रक्रिया टुंगिन नसक्दा केन्द्रीय सरकारले तीनै तहका कर्मचारीको सरुवा गरेको समाचारमा उल्लेख गरिएको छ ।

सरुवा हुनेमा नेपाल प्रशासन सेवाका १२ जना, कृषि सेवाका ८, इञ्जिनियरिङ सेवाका ती र शिक्षा सेवाका एका छन्। सामान्य प्रशासन मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालयका मधु कुमार मरासिनीलाई उद्योग मन्त्रालय, उद्योगका शिवराम न्यौपाने र संघीय मामिलाका ज्ञानराज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालयका डा. नारायणप्रसाद रेग्मीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, घोराही उपमहानगरपालिकाका चक्रपाणि पाण्डेलाई धनगढी उपमहानगरपालिका, कलैया उपमहानगरपालिकाका डा. टोकराज पाण्डेलाई काठमाडौं महानगरपालिकामा सरुवा गरिएको छ।

यस्तै धनगढी उपमहानगरपालिकाका शन्तबहादुर सुनारलाई घोराही उपमहानगरपालिका, प्रदेश ७ का मुख्यमन्त्री कार्यालयका पिताम्बर घिमिरेलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा, संघीय मामिलाका प्रेमप्रसाद भट्टराईलाई ललितपुर महानगरपालिकामा, ललितपुर महानगरपालिकाका हरिप्रसाद दाहाललाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा, प्रदेश सभा सचिवालय सुर्खेतका राजेश पौडेललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार राष्ट्रिय सुन्तला वाली विकास कार्यक्रमका डा. शान्ता कार्कीलाई प्रदेश ५ को कृषि विकास निर्देशनालय, वाली विकास निर्देशनालयका डा. विमल थापालाई गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयमा, कृषि वस्तु निर्यातका कञ्चनराज पाण्डेलाई कर्णाली प्रदेशको कृषि विकास निर्देशनालयमा, क्षेत्रीय कृषि तालिम केन्द्रका वासुदेव काफ्लेलाई प्रदेश ३ को कृषि तालिम केन्द्रमा सरुवा गरिएको छ। यस्तै भूमी व्यवस्था मन्त्रालयकी सावित्री बराललाई गण्डकी प्रदेशको कृषि व्यवसाय प्रवद्र्धन तालिम केन्द्रमा, क्षेत्रीय कृषि तालिम केन्द्र पोखराका रबिन्द्रबहादुर प्रधानलाई कृषि विकास निर्देशनालय कैलाली, बजार अनुसन्धान तथा व्यवस्थापन कार्यक्रम हरिहरभवनकी जानुका पण्डितलाई, कृषि विकास निर्देशनालय हेटौडा, भूमी व्यवस्थाका वेनुप प्रसाईलाई प्रदेश १ को कृषि विकास निर्देशनालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै इञ्जिनियरिङ सेवातर्फ काठमाडौं महानगरपालिकाका ईश्वरचन्द्र महरहटठालाई प्रदेश ४ को भौतिक पूर्वाधार मन्त्रालयमा, प्रदेश ४ को भौतिक पूर्वाधार सचिव भरतप्रसाद अर्याललाई काठमाडौं महानगरपालिकामा र ७ नम्बर प्रदेशका भौतिक पुर्वाधार सचिव राजनराज पाण्डेलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै शिक्षा सेवाका अम्विका प्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयबाट भाषा आयोगमा सरुवा गरिएको छ।