महिला हिंसा र बलात्कार गर्नेहरु खबरदारः गृहमन्त्री थापा

१३ भाद्र २०७५, बुधबार १९:२२

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्लो देशमा महिला हिंसा र बलात्कारुका घटनाहरु बढिरहेकाले यसको न्युनिकरणका लागी सरकार कडा रुपमा लाग्ने बताएका छन् । देश्मा शान्ति तथद सुसाशन कायम गर्न सरकार कठिबद्ध रहेको जानकारी गराउदै उनले अब बलात्कारी विरुद्ध कडा रुपमा कानुन लाग गर्ने बताएका छन् । कानुनको नजरकाट कोहि पनि बच्न नसकेको बताउदै मन्त्री थापाले यस्ता जघन्य अपराधीहरुलाई खबरदारी गरेका छन् ।

महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा ज्ञापनपत्र बुझाउन बुधबार गृहमन्त्रालय आएको टोलीलाई गृहमन्त्री थापाले महिला हिंसाका घटनालाई गम्भीरतापूवर्क लिएएको भन्दै तत्काल कारबाहीका लागि प्रहरीलाई निर्देशन दिएको बताए ।

गृहमन्त्री बादलले महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै यस्ता घटनामा जोसुकैको कमजोरी देखिएपनि कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे ।

यस्ता घटनामा अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिँदै उनले महिला हिंसाविरुद्ध मन्त्रालयले सुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न सञ्जाललाई आग्रह गरे ।

उनले भने, ‘अनियन्त्रित मदिराको विक्रिवितरण र लागूपदार्थको सेवन तथा अन्य कारणले महिला हिंसाका घटना बढेका छन् । त्यसैले पहिला ति कारणको न्युनिकरण गर्न जरुरी देखिएको छ ।’

भेटमा गृहमन्त्री बादलले केही दिनमै मदिराको विक्रि वितरणलाई व्यवस्थित गर्ने र लागू पदार्थको प्रयोगलाई निषेध गर्ने गरी गृहमन्त्रालयले कार्यक्रमको घोषणा गर्न लागेको जानकारी दिए ।

उनले पछिल्ला दिनमा बलत्कारका घटना बढेकोजस्तो देखिएपनि तथ्यांकगत रुपमा घटेको बताए । उनले भने, ‘पहिले यस्ता घटना गोप्य राखिन्थ्यो, मिडियामा पनि बढी आउँदैन्थ्यो । तर अहिले मिडियामा बढी आउन थालेकोले घटना बढेको हुन् कि भन्ने जस्तो देखिएको हो ।’

उनले कञ्चनपुरमा बालिकाको हत्याको विषयमा समेत गृहले छानविन समिति मार्फत छानविनअघि बढाइसकेकोले केही दिनमै सत्यतथ्य आउने विश्वास व्यक्त गरे ।

महिला हिंसाविरुद्ध आवश्यकता अनुसार थप कठोर कानून बनाउन सकिने भन्दै संसदमा महिला सांसदहरुबाट आएको संकल्प प्रस्तावले पनि त्यसलाई सहयोग पुग्ने धारणा राखे ।

सञ्जालको टोलीले पछिल्ला दिनमा देशका बिभिन्न ठाउँमा भएका महिलाको बलात्कार, हत्या लगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई तत्काल कारबाहीको दायरमा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

ज्ञापनपत्रमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन, बलात्कार सम्बन्धी विद्यमान कानूनलाई संशोधन गरी कडा बनाउनुपर्ने लगायतका माग सञ्जालले राखेको छ ।