विहिबार देखी काठमाडौंमा सुरु हुन लागेको चौथो विम्स्टेक सम्मेलन सम्म सवारी साधनहरुमा जोर विजोर लगाईने भएको छ । सम्मेन भाद्र १४ र १५ गते हुनेछ । सम्मेलनमा भाग लिन नेपाल आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन भन्दै सरकारले काठमाडौंमा सञ्चालन हुने गाडीमा तीन दिनसम्म जोर बिजोर नम्बर लागू गर्ने भएको छ।
भदौ १३, १४ र १५ गते ३ दिन उपत्यकामा संचालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनहरूलाई जोर बिजोर प्रणालीअनुसार सञ्चालन गरिने भएपछि दुई दिन बिजोर र एक दिन जोर नम्बर प्लेटका गाडी हिड्न पाउँनेछन्। तर ट्राफिक प्रहरी कार्यालयका अनुसार निश्चित सवारी साधनलाई भने जोर बिजोर लगाइएको छैन।
यी गाडीलाई लाग्ने छैन जोर विजोर
- बिम्स्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरूलाई
- गृह तथा परराष्ट्र र बिम्स्टेकमा खटिएका कर्मचारीहरूलाई
- सांसदको सवारी साधनहरू ( परिचय पत्र हेरेर)
- अत्यावश्यक सेवा, अतिआवश्यक कार्य (बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकेट भएका) हरूलाई
- कुटनितिक नियोगका सवारी साधनहरू
- सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरूलाई
- बिहान ६ बजेअघि र बेलुकी १० बजे पछि सम्पूर्ण सवारी साधनहरू
