नेपाल आइपुगे म्यानमारका राष्ट्रपति विन मिन्ट

१२ भाद्र २०७५, मंगलवार १७:४८

नेपालमा पहिलो पटक आयोजना हुन लागेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन् । शिहिबार देखी काठमाडौंमा सुरु हुन लागेको शिखर सम्मेलनमा भाग लिन नेपाल आएका उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

यसैबीच भीभीआईपीहरु नेपाल आउने क्रम सुरु भएसँगै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । ४ वटै सुरक्षा निकायले शंकास्पद स्थानहरुमा आफ्नो गस्ती र पट्रोलिङ बढाएका छन् ।

सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले भिभिआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सुरक्षा गर्ने शसस्त्र प्रहरी बलका एक उच्च अधिकारीले जानकारी दिएका छन् । सम्मेलन अवधिभर करिब ४ हजार शसस्त्र प्रहरी बालका सुरक्षा अधिकारीहरु परिचालिन हुनेछन् । यस्तै नेपाल प्रहरीका पनि १२ हजार बढी परिचालन हुनेछन् ।