खबरपत्रिकाः आमाको काखबाट अपहृत, आठमहिने शिशुको हत्या

१२ भाद्र २०७५, मंगलवार ०७:३८

पप्पुका पुल धराप, उद्योगधन्दा कि धर्मधन्दा

 

आजका खबरपत्रिकाहरुले आठ महिने शिशुको अपहरणपछि हत्या गरिएको समाचारलाई विशेष प्राथमिकताका साथ छापका छन् । बालिका आपहरणको समाचारबारे आजको नागरिक दैनिक लेख्छ्, खेलाउने बाहानामा आमाको काखबाट अपहरण गरिएका आठ महिने शिशुको हत्या भएको छ । औराहि नगरपालिका १ का सन्तोष चौधरीकी आठ महिने छोरी सोनालीको अपहरणपछि आईतबार साँझ साँढे ६ बजेको समयमा खेलाउने बाहानामा एक अपरिचित युवले आमा ईन्द्रेश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए । शिशुको शव भंगाहा नगरपालिका अन्तर्गत मेघनाथ गोरहन्नको अंकुशी नदी पश्चिममा रहेको फेकु चौधरीको बगैचामा आँपको रुखमुनी शव फेला परेको थियो । समाचार अनुसार बालकको शव नग्न अवस्थामा देखीन्थ्यो । शिशुको दाँया गालामा झापड हान्नुका साथै बाँया गालामा दाँतले टोकेको निसान थियो । उनको टाउकोमा पनि निल डामहरु थिए । यस्तै नागरिकले निराश जनता खतरानाक हुन्छन शिर्षकको समाचारलाई पनि मुख्य पृष्ठमा स्थान दिएको छ । समाचारमा प्रमुख सञ्चार माध्यमका सम्पादकलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर सरकारका काम र समस्याहरु बारे जानकारी गराएका थिए ।

नागरिकले आफन्त जोगाउन मोडियो शिर्षकको समाचारलाई पनि मुख्य पृष्ठमा स्थान दिउको छ । यसमा कञ्चपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त पढ्न गएको बेला रोशनी बम र बबिता बमको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई आफन्तले आग्रह गरेको कुरालाई उल्लेख गरिउको छ । समाचारमा निर्मलाकी आमाले राहत भन्दा हत्यारा पत्ता लगाउनु नै प्रमुख रहेको बताएको छ । यस्तै नागरिक आर्थिकमा महत्वकांक्षि ३५ प्रतिशतको लक्ष्य पुरा हुने संकेत शिर्षकको समाचार छापिएको छ । समाचारमा सरकारले चालु आर्थिक वर्षमा ३५ प्रतिशतको महत्वकांक्षि राजस्व असुलीको लक्ष्य राखेपनि पहिलो महिना साउनमा लगभग पुरा गरेको बताएको छ । सरकारले चालु आवको बजेटमा आठ खर्ब ३२ अर्ब ३१ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । त्यसमध्य साउनका लागी ६३ अर्ब ६४ करोड रुपैया असुली गरेको छ । यो लक्ष्य भन्दा ६७ करोड मात्रै कम हो ।

कान्तिपुरः पप्पुका पुल धराप

आजको कान्तिपुर दैनिकले पप्पुका पुल धराप शिर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुल बनाउन थालेको वर्षौ वित्दा समेत कारवाहिको काम नथालेको बताईएको छ । यस्तै समाचार अनुसार मुख्यमन्त्रीले घुमाउरो शैलीमा सोमबार ठेकादारको बचाउ गरेको जनाईएको छ । समाचारमा उनले सरकारले चाँडै रकम निकासा नगरेकाले पुल अलपत्र परेको जनाएका छन् ।

अलपत्र योजना र ठेक्का
  • डडुवा नहर, ९८ करोड ८१ लाख
  • हरिवन कौडेना सडक कालोपत्रे, १७ करोड ९२ लाख
  • टिकुली पुल, १४ करोड ९३ लाख
  • कमला पुल, २८ करोड १५ लाख
  • रातु पुल, १४ करोड ६४ लाख
  • औराहि पुल, १२ करोड ६४ लाख
  • तिलावे पुल, ३ करोड ३१ लाख
  • नौरंगिया पुल, २ करोड ९८ लाख
  • फुलजोर पुल, १२ करोड २५ लाख

अन्नपुर्णः उद्योगधन्दा कि धर्मधन्दा

आजको अन्नपुर्ण पोष्टले नेपालमा विदेशी लगानीमा सञ्चालित उद्योगप्रति सरकारले गरेको कडाईको विषयमा लेखिएको छ । समाचारले विदेशी संस्थाहरुले उद्योग विकाशको नाममा धर्मको प्रचार गरिरहेको समाचामा उल्लेख गरिएको छ । अन्नपुर्णले वाईड बडि छानविनमा शिर्षकको समाचारलाई मुख्य पृष्ठमा स्थान दिएको छ । सरमाचारमा पर्यटन, संस्कृति तथा नागरिक उडड्यान मन्त्रालयले नेपाल बायुसेवा निगमका दुईवटा बाईड बडि विमान खरिद प्रकरणमा देखीएका अनियमितताबारे छानबिन थालेको कुार उल्लेख गरिएको छ । यस्तै नाबालिकाको निर्मम हत्या शिर्षक दिएर अपहरण पछि हत्या गरिएका आठमा महिने शिशुको समाचारलाई पनि मुख्य पृष्ठमा स्थान दिएको छ । यस्तै प्रधानमन्त्रीलाई उदृत गर्दै विकल्प बन्दै विम्स्टेक शिर्षकको समाचारलाई पनि मुख्य पृष्ठमा स्थान दिएको छ । यस्तै अन्नपुर्ण अथर््तन्त्र मा एक खर्बं ६ अर्बको कृषि उपज आयात शिर्षकको समाचार छापिएको छ । समाचारमा नेपाल कृषि प्रधान देश भएपनि कृषिमा पर निर्भता रहेको जनाएको छ । नेपालमा १ खर्ब ६ ४२ करोड २६ लाख बराबरको कृषि सामाग्री आयात भएको छ ।
यस्तो छ नेपालमा कृषि उपज वस्तु आयातको अवस्था

चिया १२ करोड ८ लाख

  • दुग्धजन्य पदार्थ, २ अर्ब ४४ करोड ७७ लाख ७६ हजार
  • माछा जन्य पदार्थ १ अर्ब ६६ करोड ७६ लाख
  • फलफुल ७८ करोड १८ लाख ११ हजार
  • तरकारी ११ अर्ब ६० करोड १५ लाख ३७ हजार
  • विउ (तरकारी, फलफुल) ४६ करोड ६५ लाख ९९ हजार
  • मासु १८ करोड ६ लाख ३४ हजार
  • जिउँदो जनावर ४ अर्ब १३ करोड ८२ लाख ६८ हजार
  • गहुँ २ अर्ब २० करोड ७३ लाख ८१ हजार
  • मकै ११ अर्ब ९१ करोड ९ लाख ७८ हजार
  • धान चामल २९ अर्ब ३६ करोड ३६ लाख ६० हजार
  • खानेतेल २८ अर्ब ३१ करोड ५३ लाख

 

हेर्नुहोस यस्ता छन् आजका खबरपत्रिकाका मुख्य पृष्ठ