कपिलवस्तुमा एक महिने शिशुको ईमरजेन्सी वार्डमै मृत्यु भएको छ । डाक्टहरुको लापरबाहिका कारण ति बालकको मृत्यु भएको हो । कपिलवस्तुको तौलिहवा स्थीत जिल्ला अस्पताल ति शिशुको शनिबार मृत्यु भएको हो ।
झाडापखाला र ज्वरो आएपछि जिल्ला अस्पताल तौलिहवामा उपचारका ल्याईएका तीन महिनाका बालकको उपचार गर्ने डाक्टर वार्डमा नबस्दा बच्चाको मृत्यु भएको पिडित परिवारले जनाएको छ ।
मृतक बालक यशोधरा गाउँपालिका ५ सुल्तनवापुर गाउँका बलबहादुर तेलीका ३ महिने छोरा हुन्।
इमर्जेन्सी वार्डमा ओजेटीका लागि आएका विद्यार्थी बाहेक जिम्मेवार स्वास्थ्यकर्मी कोही नभएका कारण बालकको ज्यान गएको अस्पतालमा चेकअपका लागि आएका अन्य सर्वसाधारणले पनि बताएका छन् । इमर्जेन्सी वार्डबाट आफूलाई खबर आउन साथ आफू चेकअपका लागि पुगे पनि त्यस बेला बच्चाको ज्यान गइसकेको अस्पतालकी मेडिकल अधिकृत डाक्टर कत्यायनी पाण्डेले बताए ।
इमर्जेन्सी वार्डमा ड्युटीमा रहेका अहेव बृजेशकुमार पाण्डेयले त्यो समयमा आफू शौच गर्न गएको बताए । अहेव पाण्डेय शौच गएका गर्न गएका बेला इमर्जेन्सी वार्डमा स्वास्थ्य उपचारको सेवा अभावका कारण आफ्नो छोराको ज्यान गएको मृतकका पिता दलबहादुरले बताए ।
‘घटना निकै दुखद भयो’, डा. पाण्डेयले भने, ‘तर इमर्जेन्सी वार्डमा २ जना स्वास्थ्यकर्मीको ड्युटी हुनु पर्नेमा एक जनाको मात्रै भएका कारण यस्तो समस्या देखिएको हो । एक जना शौच गर्न जाँदा त्यसै समयमा घटना हुन गयो ।’ ‘तर पनि त्यस समयमा ओजेटीमा रहेका भाइबैनीहरुले मलाई खबर गरेको भए पनि हुन्थ्यो तर मैले खबर नै पाइन ।’,
जिल्ला अस्पतालमा हुने यस्तो लापरबाहीबाट सर्वधारणहरु दैनिक रुपमा प्रभावकारी स्वास्थ्य सेवाबाट पाउनबाट बञ्चित भए पनि सरोकारवाला निकायको अझै ध्यान पुग्न सकेको छैन् ।
