आज देशभरिको मौसम बद्ली भैरहेका कारण आज अधिकांस स्थानमा भारि वर्षात हुने सम्भावना रहेको छ । विहान देखी धेरै ठाउँमा हल्का वर्षा भैरहेका कारण आज दिनभरि पानी पर्ने सम्भावना अधिक रहेको हो । यस्तै मनसुन सक्रिय भएकाले अहिले केही ठाउँमा ठूलो पानी परेको मौसमविद्को अनुमान छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपाल माथि रहेकाले अबको तीन दिन हिजो अस्तिको भन्दा धेरै पानी पर्ने संभावना छ । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ भने केही ठाउँमा झरीको संभावना छ । मौसमविद् समिर श्रेष्ठले भने यो ‘मौसम खुलेजस्तो भए पनि फेरि बदली हुने छ ।’
यसैबीच महाकाली, कर्णाली र कन्काईमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्र तथा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, रौतहटलगायत तराईका चुरे र पहाडबाट बहने नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन शाखाले आग्रह गरेको छ ।
