नेपाली कांग्रेस विधान मस्यौदा समिती गठन गरेको छ । संघीय संरचना अनुसार काँग्रेसले पार्टीका संगठनात्मक संरचनाहरुलाई पुर्नसंरचना गर्न विधान संशोधन र परिमार्जन गर्न विधान मस्यौदा समिति गठन गरेको हो ।
महामन्त्री पुर्णबहादुर खड्काको संयोजकत्वमा गठित मस्यौदा समितिमा केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर,मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडु, श्रीमति महालक्ष्मी उपाध्याय ‘डिना’ रहेका छन् । यस्तै समितिमा आनन्द प्रसाद ढुङगाना, नविन्द्रराज जोशी, प्रदीप पौडेल र रमेश लेखक रहेका छन् ।
काँग्रेस केन्द्रीय कार्य समितिको २०७५ वैशाख १६ गते सम्पन्न बैठकले, नेपाली काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २२ (५) बमोजिम पार्टी विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय र कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २४ (८) बमोजिम सभापति देउवाले पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
समितिले पार्टी सभापतिसँग परामर्श गरी आफ्नो कार्र्यिवधि आफै तयार गरी लागु गर्नेछ । साथै, समितिका संयोजकले आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा राख्न सक्ने काँग्रेसले जनाएको छ ।
