काठमाडौंमा १३ वर्षिय बालिका बलात्कृत

७ भाद्र २०७५, बिहीबार ०७:२३

काठमाडौं बालाजु बस्ने १३ वर्षिय बालिकालाई अपरिचित व्याक्तिबाट बलात्कृत भएकी छिन् । उनलाई ति अपरिचित व्याक्तिले ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धनबाट उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पुर्याईएको खुलेको छ । तर, लिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले बताएको छ । घटनाबारे महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले सातदोबाटो ललितपुरले अनुसन्धान गरिहेको छ ।

काठमाडौंको बालाजु स्थति एक घरमा घरेलु कामदारको ररुपमा काम गरिरहेकी ति बालिकाको घर गोर्खा हो । उनी मालिकको घरमा खुसी थिईनन् । यसैले गोरखा जान चान्छिन् । यसैले मंगलबार दिउँसो उनी मालिकको घरबाट निस्किइन् । एक अपरिचित व्यक्तिसँग उनको सम्पर्क भयो । जसले उनलाई गोरखा लगिदिने प्रलोभन दिए र मोटरसाइकलमा राखे । तर, तिनले बालिकालाई गोदावरी जंगल पुर्याई बलात्कार गरे र फरार भए । बालिका जंगलमै अलपत्र परिन् । स्थानीयले जंगलमा रोइरहेको देखेपछि उनको उद्धार गरे । त्यसलगत्तै स्थानीयले प्रहरी कार्यालयमा खबर गरे । प्रहरी घटनास्थल पुग्यो र उद्धार गर्यो । अहिले बालिका प्रहरीकै रोहवरमा सेफहाउसमा छिन् ।

यस्ता छन् बालिका बलात्कारका घटना

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका बलात्कृत हुने गरेका छन् । त्यसपछि १० वर्ष उमेरसम्मका बालिका बलात्कृत भएको घटना धेरै छन् । १७ देखि १८ वर्ष उमेरका किशोरी बलात्कृत हुने संख्या पनि त्यतिकै धेरै छ । १९ देखि २५ वर्षसम्मका युवती मात्रै होइन, ४५ वर्षभन्दा माथिका महिला पनि बलात्कारको सिकार हुने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए ।

  • १० देखि १६ वर्ष उमेरका १ हजार ३ सय १३ बालिका बलात्कृत
  • १० वर्षसम्मका ८ सय २० जना
  • १७ देखि १८ वर्ष उमेरका किशोरी ४ सय ५१ जना
  • २० वर्षमाथिका १ हजार ५ सय १६ जना बलात्कारको सिकार भएका छन् ।

के छ नयाँ कानुनी व्यवस्था ? 

१ भदौबाट लागू भएको नयाँ मुलुकी अपराध (संहिता) ऐनमा १० देखि १४ वर्ष उमेरका बालिका बलात्कार गर्नेलाई १४ देखि १६ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । संहिताको २१९ दफाको उपदफा ३ (ख) मा यो व्यवस्था छ ।