ग्रेस ईन्टरनेश्नलले आयोजान गर्दै शैक्षिक मेला

६ भाद्र २०७५, बुधबार २०:५५

ग्रेस ईन्टरनेश्नल एडुकेशनले बृहत शैक्षिक मेला आयोजान गर्ने भएको छ। यहि भाद्र १३ गतेदेखी आयोजान हुने उक्त मेलामा विदेशमा पढाई गर्दा आबश्यक पर्ने जानकारी समेृत दिईने भएको छ ।
ग्रेस ईन्टरनेश्नलले विगत लामो समयदेखी उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई गुणस्तरिय एवं जीवनपयोगी परामर्श दिंदै आएको छ । यस्तै भाद्र १४ गते चितवन, १५ गते पोखरा र अन्तिम १७ गते पुन काठमाडौंमा शैक्षिक मेला संचालन गरिने ग्रेस इन्टरनेशनलले जनाएको छ ।

शैक्षिक मेलाले विषेशतः कक्षा १२ उत्तिर्ण गरी ब्याचलरमा अध्ययन गर्न विदेश जाने योजना बनाएका विद्यार्थीहरुको लागि एकै थलोबाट आवश्यक जानकारी लिन सक्ने सुनौलो अवसर सिर्जना गर्ने आयोजकले जानकारी दिएको छ । ग्रेस इन्टरनेशनलका प्रमुख कार्यकारी एन्ड्रयु पौडेलका अनुसार ब्याचलर एवं मास्टर्स अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई त्यहाँको कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदाताहरु द्वारा करियर काउन्सेलिङ सँगै ‘एर्बोड स्टडी’का विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गर्न लागिएको हो ।

ग्रेस इन्टरनेशनलले गर्ने मेला अन्य शैक्षिक संस्थाले गर्ने भन्दा बृहद र फरक हुने जानकारी दिंदै पौडेलले भने– ‘हाम्रो शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र हैन, विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा पनि गाइड गर्नेछ ।’ शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउदै, पेपरको प्रयोगमा कमि ल्याइनुका साथै विद्यार्थीलाई एर्बोड स्टडीका विषयमा प्रष्ट रुपमा बुझाउन डिजिटल प्रविधिको प्रयोग , शैक्षिक छात्रवृत्ति, मेला स्थलमै भर्ना ,विभिन्न ब्याङ्कहरुले दिने शैक्षिक ऋण, सिप संगै, नेतृत्व बिकाससम्बन्धि कार्यशाला संचालन यस पटक शैक्षिक मेलाको बिशेष आकर्षणको रूपमा रहनेछ ।

यस शैक्षिक मेलामा अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ । मेलामा विश्वविद्यालयरकलेजका प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक, आर्थिक, भाषिक योग्यता हेरेर काउन्सेलिङ गर्नेछन् भने विद्यार्थीले पनि अष्ट्रेलियन शिक्षा, त्यहाँका विश्वविद्यालय र कलेजका बारेमा जानकारी पाउनेछन् । मेलामा ‘आइईएलटिएस’मा कसरी उच्च अंक ल्याउने तथा करियर निर्माणमा कस्ता विषयले सपोर्ट हुनसक्छ भन्नेमा विद्यार्थीले परामर्श लिन सक्नेछन् । यसका अलावा विद्यार्थीले अष्ट्रेलियाको भिषा प्रक्रिया, लागत, त्यहाँका कलेज तथा विश्वविद्यालयले दिने छात्रबृत्तिका बारेमा पनि विशेष जानकारी हासिल गर्न सक्ने ग्रेस इन्टरनेशनलले जनाएको छ ।

सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेशनलले काठमाडौं, चितवन, नेपालगञ्ज, पोखरा, बुटवलबाट परामर्श सेवा प्रदान गर्दै आइरहेको छ भने, अष्ट्रेलियाको सिड्नी र मेल्बर्नमा समेत शाखा स्थापना गरी परामर्श क्षेत्रमा बलियो उपस्थिति जनाइसकेको छ ।