नेपाललाई चीनसंग जोड्ने केरुङ नाका हुदै सडकको बाटोबाट नेपाल आउने चिनिया पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । केरुङनाका संञ्चालनमा आएसंगै चीनिया पर्यटकहरुको संख्यामा पनि बृद्धि भएको हो ।
यतिमात्र नभई नेपालको बाटो हुदै चीनको मानसारोबर जाने भारतिय पर्यटकहरु संख्यामा पनि दैनिकरुपमा बृद्धि भएको छ । खास गरेर चिनियाँ पर्यटकहरु नेपालको पोखरा र काठमाडौं भ्रमणका लागी आउने गरेका छन् ।
केरुङ, रसुवागढी नाका देखि काठमाडौं सम्मको दुरी एक सय ६० किलोमिटर रहेको छ भने पोखरा सम्मको दुरी पोखरा करिब दुई सय ४० किलोमिटर टाडा रहेको छ ।