आर्थिक अभावका कारण मृत्युसंग लड्दै शालिकराम

६ भाद्र २०७५, बुधबार १६:२२

कृष्ण लेकाली । अर्घाखाची जिल्लाको सन्धिखर्क नगरपालिका ४ नाङ्गेठाटी, कोटफेराका ५५ वर्षिय शालिकराम नेपाली यतिबेला टिचिङ अस्पतालमा जिवन र मृत्युसंग लड्दै छन् । आर्थिक अवस्था कमजोर भएका शालिकराम अर्घाखाँचि जिल्ला अस्पतालले रिफर गरेपछि काठमाडौं आएका हुन । उनलाई जिल्ला अस्पतालले मेडिकल कलेज भैहवामा रिफर गरेको थियो । तर, भैरहवा जाँदा दोब्बर खर्च हुने र आफन्तहरु कोहि नभएका कारण उनलाई काठमाडौं ल्याईएको हो । परिवारमा कमाउने उनी मात्र एक्लै हुन । एउटा २१ वर्षिय छोरा छन् । उनले भर्खरैमात्र मोटर ग्यारेजको काम सिकिरहेको छन् । गाउँमा डकर्मिको काम गर्दै आएका शालिग्राम गएको बैशाख सम्म पनि राम्रैसंग काम गरिरहेका थिए । उनको घरमा एक छोरा एक छोरी आफु र श्रीमति मात्र छन् । छोरी भर्खरै एसईई पास गरेर बसेकी छिन् ।

गएको साउन २७ गतेदेखी काठमाडौंको टिचिङमा उपचार गराईरहेका उनलाई काठमाडौं आएपछि केहि मात्रामा सुधार आएको उनले बताए ।
पहिले पनि विदेश नगएर नेपालमै काम गरेका उनले राम्रो पैसा भने कमाउन सकेकनन् । जति कमाए त्यो सबै परिवार पाल्नमै ठिक्क भयो । घरमा ५० वर्षिय श्रीमति र छोरी छन् । पाल्पामा मोटर ग्यारेजको काम सिकिरहेका छोराले बुवालाई काठमाडौं ल्याएपछि मात्र विरामी भएको थाहा पाएका थिए ।

उनका भतिजाहरुले शालिग्रामलाई काठमाडौं ल्याएका थिए । गएको बैशाखमा स्वास्थ्यमा सामान्य समस्या आएपछि चेकजाँजको लागी गाउँकै मेडिकलमा जाँदा सामान्य समस्या हुन सक्छ भन्दै मेडिककले उनलाई सामान्य औषधि दियो । औषधीले केहि सुधार भए जस्तो भयो । तर, रोग पत्ता लाग्न सकेन यसपछि उनी जिल्ला अस्पताल अर्घाखाँचीमा चेकजाँचको लागी गए । जिल्ला अस्पतालले उनको मृर्गौलामा समस्या आएको छ भन्दै उपचारको लागी भैहवा मेडिकल कलेजमा रिफर गरेको थियो ।

हाल उनको उपचार टिचिङ अस्पताल काठमाडौंमा भैरहेको छ । तर, उनलाई खर्च धान्न भने मुस्किल परिरहेको छ। उनको कुरुवा आएका छोरा र भतिजालाई खान बस्नको लागी जोहो गर्नै कठिन भएको उनका भतिजा लक्ष्मण नेपालीले बताए ।

शालिकरामलाई काठमाडौं ल्याउनका लागी केहिले सहयोग गरेको उनले जानकारी गराए । अहिले शालिग्रामको उपचारको लागी सहयोगी हातहरुको खाँचो रहेको उल्लेख गर्दै सहयोगको लागी अपिल गरेका छन् । सबैको साथ र सहयोग पाएमा बाच्ने आशा बोकेका शालिकरामलाई सहयोगी हातहरुले सहयोग गरिदिन हामी पनि अनुरोध गर्दछौ । तपाईले आगिर्थक सहयोगका लागी ९८४७१२०६८९, ९८१५४९९२३९ र आयो टिभीको अफिसियल नम्बर ९८५१०५९४२३ मा सम्पर्क गर्न सक्नुहुनेछ । यस्तै उहाँको ग्लोबल आईएमई बैंकमा रहेको खातानम्बर ४९०६०१००००२२१ मा पठाउन सक्नुहुनेछ ।