मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले ल्यायो एक्सचेन्ज अफर

६ भाद्र २०७५, बुधबार १३:३७

भदौ ६, काठमाडौं ।

मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले जुनसुकै ब्राण्डको मोबाइल फोन सामसंगको स्मार्टफोनसँग साट्ने एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

 

न्यूरोड,ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको नेसो कम्पनीले जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य रु १,००० बाट शुरु हुने गरि मूल्यांकन गर्नेछ ।

त्यस्तै एक्सचेन्जमा किनेको फोनमा कम्पनीले थप १ वर्षको वारेन्टी समेत उपलब्ध गराउनेछ भने कम्पनीबाट खरिद गरिएको फोन बिग्रीएमा घरबाटै पिकअप एण्ड ड्रपका साथै मर्मतको सुविधा दिनेछ ।

यसको साथसाथै ग्लोबल बैंक, मेगा बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंकसँग सहकार्य गरि सो बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई समेत ६ महिना, १२ महिना, १८ महिनाको किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउँदै आएको पनि कम्पनीले जनाएको छ ।

ईजी मोबाइल केयरका संचालक संजित पौडेलले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर किस्ताबन्दीको सुविधा काठमाडौं उपत्यका विभिन्न पसलहरुसँगको सहकार्यमा आधिकारिक च्यानल पार्टरहरु बिस्तार गरिँदै आएको बताए । उनले देशैभरी नै किस्ताबन्दी सेवा च्यानल पार्टरहरुसँग मिलेर बिस्तार गर्न लागिएको पनि बताए ।

कम्पनीले नोट नाइनको प्रि बुकिंग गर्न सकिने पनि जानकारी गराएको छ ।
कम्पनीले यो सेवा हाल काठमाडौं उपत्यकाका लागि शुरु गरीसकेको छ भने आगामी दिनमा देशैभर लैजाने योजना लिएको छ । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर १६६००१२२९९९ पनि उपलब्ध गराएको छ ।

कम्पनीले रु १ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना सफलतापूर्वक संचालन गर्दै आईरहेको छ ।
(स्रोत : रातोपाटी)