भदौ ६, २०७५ काठमाडौं । प्रेम एउटा यस्तो चिज हो जसले हर कोहिलाई परिवर्तन गर्न सक्छ । प्रैम गर्ने मान्छेहरुको आ आफ्नै तरिका हुन्छ् । त्यस्तै प्रेमिका रिसाउदा फकाउने पनि फरक तरिका हुन्छन् । विभिन्न समयमा मानिसहरुले प्रेमि प्रेमिकाविच सामान्य कुरामा मनमुटाव भएको उनले आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटनाहरुपनि हुने गरेका छन् । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् ।
यस्तै एउटा घटना भारतको पुनामा घटेको छ । उनले आफ्नी प्रेमिकालाई फकाउन शहर भरि रातारात ३ सय होर्डिङ बोर्ड लगाएका छन् । यसरी होर्डिङ बोर्ड लगायर माफि माग्नेमा नपुना जिल्लाको पिंचरी–चिंचवाडका निलेश खेडेकर रहेका छन् । उनले आफ्नी प्रेमिकासँग मागेको माफी यो घटनाले शहरभर मात्र नभई देश विदेशमा समेत चर्चा पाएको छ ।
उनले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले सौदागर, वाकड र रहतानीका सडकमा ३ सय होर्डिङ बोर्ड राखेका छन् । त्यो पनि एकैरातमा । उनले प्रेमीसँग माफी माग्दै टाँसिएको सडकका होर्डिङ बोर्डमा लेखिएको छ– SHIVDE I AM SORRY
सञ्चारमाध्यमहरुले यसबारे खबर प्रकाशमा ल्याएपछि अहिले यो शहरको तातो विषय बनेको छ । घटनालाई लिएर कौतुहुलता छाइरहेका बेला मनोवैज्ञानिकहरुले मानसिक समस्याका कारण खेडेकरले यस्तो गरेको हुनसक्ने लख काटेका छन् ।
शहर तथा सामाजिक सञ्जालमा यो विषयले चर्चा पिटेपछि स्थानीय प्रहरीले घटनालार्इ गम्भीरतापूर्वक लिँदै अनुसन्धान थालेको जनाएको छ । समाचार अनुसार सामान्य व्यवसाय गर्दै आइरहेका खेडेकर एमबीएका विद्यार्थी हुन् । उनको उमेर २५ वर्ष छ । (बीबीसी हिन्दि)

