खबरपत्रिकामा आजः सवा चारलाखमा घरमा गोबरग्यार

६ भाद्र २०७५, बुधबार ०८:०९

 अनुमति बिना अब छापामारे जन्मकैद, खल्तिमा खानी

भदौ ६, २०७५ काठमाडौं । आज काठमाडौबाट प्रकाशित काशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयवस्तुलाई समाचारको रुप दिएर मुख्य पृष्ठमा स्थान दिएका छन् । पत्रपत्रिकाहरुको मुख्य पृष्ठमा गोपनियता भंग गरे कैद, खल्तिमा खानी, सवा चार लाखको घरमा गोबरग्यास पुर्याउने भनेर प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिबद्धतादेखि संसदमा दर्ता भएको गोपनीयता र शिक्षा विधेयकलाई रुप दिएर मुख्य पृष्ठमा स्थान दिईएको छ । ।

सरकारी टोलीको अनुगमनविरुद्ध उत्रेका कालीमाटीका तरकारी व्यवसायीले मंगलबजार बजार ठप्प पारेका छन् । यो विषयलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ समेटेका छन् ।

यसका अतिरिक्त कांग्रेसमा नेतृत्व लिन होडबाजी चलेको, प्रदूषण नाप्ने करोडौंको उपकरण प्रयोगविहीन बनेको, खानी कब्जा गर्ने प्रवृत्ति बढेको, कोमामा रहेका २२ नेपाली श्रमिक फर्काउन लागिएको लगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुमा स्थान पाएका छन् ।

नयाँ पत्रिकाः सवा चारलाखमा घरमा गोबरग्यार
आजको नयाँ पत्रिकाले सवा चारलाखमा घरमा गोबरग्यार शिर्षकको समाचारलाई मुख्य समाचराको रुपमा छापेको छ। समाचारमा प्रधानमन्त्री केप ीओलीले आफुले पहिले घोषणा गरेको घरघरमाा पाईप लाईनबाट ग्यास पुर्याउने योजना सफल भईसकेको र अब सवा चार लाख घरमा गोबरग्यास पुर्याउने प्रतिबद्धता जनाएका छन् । यस्तै नयाँ पत्रिकाको मुख्य पृष्ठमा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै प्रदर्शन, यातायात साधनको प्रदूषण नाप्ने करोडौंको उपकरण उपयोगविहीन लगायतका समाचारमा मुख्य पृष्ठमा छापेको छ। समाचार अनुसार निर्मला पन्तको बलात्कार पछि हत्या अभियोगमा प्रहरीले नक्ककली अभियुक्त सार्वजनिक गरेर दोषीलाई लुकाउन खोजिएको भन्दै आक्रोशित स्थानीयले प्रदर्शन गरेको जनाईएको छ।

नागरिकः खल्तिमा खानी
आजको नागरिक दैनिकले खल्तिमा खानी शिर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । समाचारमा भनिएको छ्, राष्ट्रको नामममा हुनुपर्ने खानिहरु व्याक्ति तथा विदेशी कम्पनीको नाममा भएको कुरालाई उठान गर्दै आजको नागरिक दैनिकले उक्त समाचरालाई मुख्य समाचारको रुपमा छापेको हो । जसमा व्यक्ति वा कम्पनीका नाममा देशभर खानी कब्जा गर्ने र दर्ता गरी मोटो रकममा बेचबिखन गर्ने होडबाजी चलेको उल्लेख छ । यस्तै नागरिकले तरकारी व्यापारीको दादागिरी शिर्षकमा समाचार छापेको छ । यसमा नागरिकमै कालीमाटी तरकारी बजारका व्यापारीको हडतालको खबर पनि छ । यस्तै लिखितमा ५ अंक ल्याएपनि स्तरवृद्धि समाचारलाई पनि मुख्य पृष्ठमा स्थान दिएको छ ।

अन्नपूर्ण पोष्टः गोपनीयता भंग गरे कैद
आजको अन्नपुर्ण पोष्टले गोपनीयता भंग गरे कैद हुने समाचारलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, संसदमा दर्ता भएको विधेयकमा वैयत्तिक विवरण सार्वजनिक गर्न सम्बन्धित व्यक्तिको मन्जुरी लिनु पर्नेछ । यस्तै अन्नपुर्णले कोमामा रहेका २२ श्रमिक फर्कादै, तरकबारी विचौलिया सरकारकै संरक्षण लगायतकबा समाचारलाई मुख्य पृष्ठमा स्थान दिएको छ । यस्तै अननपुणृले राजधानीले धरहरा र रानीपोखरी निर्माण अन्योलमा परेको लेखेको छ ।

कान्तिपुरः सार्वजनिक पदाशिनका विवरण पनि गोप्य

आजको कान्तिपुर दैनिकले सार्वजनिक पदाशिनका विवरण पनि गोप्य शिर्षकको समाचारलाई प्रमुख समाचार बनाएको छ । समाचार अनुसार अब सार्वजनिक पदाधिकारीको विवरण पनि गोप्य राखिने सरकारले गोप्य राख्ने भएको हो ।

यस्तै सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर निजी विद्यालयलाई फाइदा पुग्नेगरी दर्ता गराएकोलाई पनि कान्तिपुरले लेखेको छ । समाचार अनुसार निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएकोमा सरकारले १० प्रतिशतमा झारेको छ ।

सरकारले संसदमा दर्ता गरेको वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिको शैक्षिक प्रमाणपत्र खोज्न र सार्वजनिक गर्न नपाइने प्रावधान छ । यस्तै आजको कान्तिपुर दैनीकले अनुगमन विरुद्ध बजार ठप्प, निजिलाई पोस्न मस्यौदा हेरफर र चितुवाले भ्यागुत्तो मार्यो शिर्षकका समाचारलाई मुख्य पृष्ठमा स्थान दिएको छ । यस्तै कान्तिपुरले डुंगा पार गर्दै गरेका रौतहट बसतपुरका बासिन्दाको तस्वीरलाई महत्त्वका साथ मुख्य पृष्ठमा छापेको छ।

कान्तिपुरमै सन्तानलाई ८ कक्षासम्म नपढाउने अभिभावक अब अयोग्य घोषित हुने खबर पनि छ । शिक्षा विधेयकमा गरिएको व्यवस्था अनुसार संघ, प्रदेश वा स्थानीय तहको कुनै पनि सेवा, स्वामित्व, अनुदान लिन छोराछोरीलाई ८ कक्षासम्म पढाएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।

हेर्नुहोस् आजका खबरपत्रिकाका मुख्यपृष्ठ