भदौ ४, २०७५ काठमाडौं । नेपाल आयल निगमले पछिल्लो ६ वर्षमा साँढे ६ अर्ब भन्दा बढि उमेरको ईन्धन आयात गरेको छ । आयल निगमका अनुसार वितेको ६ वर्षमा ६ खर्ब ५६ अर्ब २४ करोड रुपैया बराबरको ईन्धन आयात भएको छ । यस्तै नेपालले हालसम्म एक करोड पाँच लाख ९० हजार दुई सय ४२ किलोलिटर मेट्रिक टन इन्धन आयात गरेको छ । शतप्रतिशत भधारत निर्भर रहेको नेपालमा (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यास) लगायतका पेट्रोलियम पदार्थ आयात भएको पाईन्छ । मूल्य सस्तो भएका कारण भारतमा लुकाइछिपाइ तस्करी हुने बाहेक आयात भएको इन्धनको अधिकांश हिस्सा नेपालीले नै प्रयोग गर्दै आएका छन् ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार आर्थिक वर्ष २०६९-७० देखि २०७४-७५ सम्म सबैभन्दा बढी इन्धन आयात र कारोबार आर्थिक वर्ष २०७४-७५ मा भएको थियो । गत आर्थिक वर्ष विभिन्न तहको निर्वाचन, विकास निर्माणमा तीव्रता, स्थानीय निकायमा सवारीसाधन थप, जलविद्युत् आयोजना निर्माणमा आएको तीव्रता, खेतीपाती गर्न पावर टिलरको प्रयोग, सहरी क्षेत्रदेखि ग्रामीणभेगसम्म टिपर र डोजरको बढ्दो प्रयोग र सवारीसाधन आयात उच्च भएका कारण इन्धनको खपत बढेको थियो । गत आर्थिक वर्ष एक खर्ब ५५ अर्ब मूल्यबराबरको २६ लाख ४८ हजार चार सय ८७ किलोलिटररमेट्रिक टन इन्धन आयात हुनुका साथै सोही परिमाणमा कारोबारसमेत भएको थियो ।
‘पछिल्ला ६ वर्षमध्ये गत आर्थिक वर्ष अत्यधिक परिमाणमा इन्धन आयात र खपत भयो’, निमित्त कार्यकारी निर्देशक भट्टराईले भने,‘स्वदेशमै इन्धनको अनवेषण र उत्पादन नहुने हो भने यसरी नै आयातदर र खपतदर वृद्धि हुँदै जान्छ । इन्धन आयातकै नाममा खर्बौ रकम विदेशिने खतरा अझ बढ्दै जानेछ । यो विषयमा सरकारले गम्भीररूपमा सोच्न आवश्यक छ ।’ गत आर्थिक वर्षमै देशभर चार लाख ३७ हजार ६ सय १४ को संख्यामा नयाँ सवारीसाधन दर्ता भएको थियो । यसमध्ये सबैभन्दा बढी तीन लाख ४१ हजार ६ सय २३ मोटरसाइकल दर्ता भएको थियो ।
‘पछिल्ला ६ वर्षमध्ये गत आर्थिक वर्ष अत्यधिक परिमाणमा इन्धन आयात र खपत भयो’, निमित्त कार्यकारी निर्देशक भट्टराईले भने,‘स्वदेशमै इन्धनको अनवेषण र उत्पादन नहुने हो भने यसरी नै आयातदर र खपतदर वृद्धि हुँदै जान्छ । इन्धन आयातकै नाममा खर्बौ रकम विदेशिने खतरा अझ बढ्दै जानेछ । यो विषयमा सरकारले गम्भीररूपमा सोच्न आवश्यक छ ।’
आव २०७३र७४ को तुलनामा गत आर्थिक वर्षको जुलाईदेखि जुनसम्ममा औसत १५ देखि २० प्रतिशत बढी परिमाणमा इन्धनको आयात र खपत भएको थियो । आव २०७३-७४ को तुलनामा २०७४र७५ मा पेट्रोल २० प्रतिशतले बढी चार लाख ८४ हजार सात सय ८१ किलोलिटर आयात भएको थियो । २०७३-०७४ मा भने चार लाख दुई हजार दुई सय ७८ किलोलिटर आयात भएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा डिजेल २३ प्रतिशतले बढी १५ लाख ९७ हजार पाँच सय ५१ किलोलिटर आयात भएको थियो । २०७३-७४ मा १२ लाख ९७ हजार ६६ किलोलिटर आयात भएको थियो ।
यसैगरी खाना पकाउने ग्यास पनि अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी आयात भएको थियो । २०७४र७५ मा तीन लाख ७० हजार पाँच सय ६० मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो । आव २०७३र७४ मा भने तीन लाख १२ हजार नौ सय २८ किलोलिटर ग्यास आयात भएको थियो ।
इन्धन आयात अवस्था विश्लेषण गर्दा सबैभन्दा कम नाकाबन्दीको समयमा आयात र खपत भएको देखिन्छ । नाकाबन्दी भएको वर्ष २०७२-७३ मा ५८ अर्ब ७२ करोड मूल्यको १३ लाख ३९ हजार एक सय ७७ किलोलिटररमेट्रिक टन इन्धन आयात भएको थियो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार भारतसँगको कुल व्यापार घाटामा सबैभन्दा ठूलो हिस्सा इन्धनले ओगटेको छ । इन्धनको आयातदर प्रतिस्थापन गर्न सकिए व्यापार घाटा कम हुने विज्ञको भनाइ छ ।
