भदौ ४, २०७५ काठमाडौं । सर्वोच्च अदालतले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ ।
उनका भाइले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट किन जारी हुनु नपर्ने हो, त्यसको प्रमाणसहित बन्दीलाई सशरीर अदालत उपस्थित गराउन आदेश दिएको छ।

