टर्कीको मुद्रा लिरामा कीर्तिमान गिरावट, अमेरिकाको उत्पादनलाई बहिष्कार गर्ने

३० श्रावण २०७५, बुधबार १५:५४

साउन ३०, काठमाडौं । एजेन्सी

टर्कीले अमेरिकाको विद्युतीय उत्पादनलाई बहिष्कार गर्ने राष्ट्रपति रेसेप तय्यप अर्दोआनले घोषणा गरेका छन् ।

अमेरिकाको व्यापार नीतिका कारण टर्कीको मुद्रा लिरामा कीर्तिमान गिरावट आएपछि अमेरिकी विद्युतीय उत्पादनको बहिष्कार निर्णय लिइएको हो ।

व्यापारिक युद्धमा टर्कीलाई निशाना बनाइएको अर्दोआनले बताए । उनले टर्कीका मानिससँग देशको मुद्रा बलियो बनाउनका लागि आफ्नो डलर र युरो बेच्न अपील गरेका छन् ।

सोमवार लिरा अहिलेसम्मकै सबभन्दा तल्लो स्तर ७.२४ मा पुगेको थियो । यस वर्ष लिरा ४० प्रतिशतले झरेको छ ।