साउन ३०, काठमाडौं । बीबीसी
अस्ट्रियाको राजधानी भिएना संसारमा बस्नलायक सर्वोत्कृष्ट शहरको सूचीमा शीर्ष स्थानमा परेको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गर्ने वार्षिक सर्वेक्षणमा कुनै युरोपेली शहर शीर्ष स्थानमा परेको यो पहिलोपटक हो ।
विश्वव्यापी लीग टेबलले विश्वभरका १४० शहरको मूल्यांकन गर्छ जसमा राजनीतिक र सामाजिक स्थिरता, अपराध, शिक्षा र स्वास्थ्यमा पहुँच लगायतका कुरा हेरिन्छ ।
सर्वेक्षणमा आधीजति शहरहरूको बस्न योग्यता –यांकिङ विगत एक वर्षमा सुधार भएको छ । अस्ट्रेलियाको मेलबर्न विगत सात वर्षदेखि लगातार शीर्ष स्थानमा रहेकोमा यसपालि दोस्रो भएको छ ।
बस्न अयोग्य शहरको सूचीको शीर्ष स्थानमा चाहिँ सिरियाको राजधानी दमास्कस रहेको छ । त्यसपछि बंगलादेशको राजधानी ढाका र नाइजेरियाको राजधानी लेगोस छन् ।
अपराध, अशान्ति, आतंकवाद वा युद्धले शहरहरूलाई बस्न अयोग्यको सूचीमा धकेलेका हुन् ।
शीर्ष दश बस्न लायक शहरहरू :
भिएना, अस्ट्रिया
मेलबोर्न, अस्ट्रेलिया
ओसाका, जापान
काल्गेरी, क्यानडा
सिड्नी, अस्ट्रेलिया
भ्यानकूभर, क्यानडा
टोक्यो, जापान
टोरन्टो क्यानडा
कोपेनहेगन, डेनमार्क
एडलेड, अस्ट्रेलिया
