साउन ३०, काठमाडौं ।
अविरल वर्षाका कारण काठमाडौंका धेरै ठाउँहरु डुवानमा परेका छन् ।

यसैगरी काठमाडौंको धोबी खोलामा पानीको वहाव बढेर नयाँ बानेश्वरको बिजूली बजारमा पस्दा पसलहरु डुबानमा परेका छन् ।

मदन भण्डारी कलेज, देवी नगर बिजूली बजार, घटेकुलोका केही लगायतका क्षेत्रहरुमामा प्रभाव परेको छ ।

उक्त डूबानमा परेको क्षेत्रको निरिक्षणको क्रममा प्रतिनिधिसभा सदस्य काठमाडौं क्षेत्र नं १ का प्रकाशमान सिंह त्यसै गरी प्रदेश सभा १ ‘क’ का सदस्य दिपेन्द्र श्रेष्ठ, वडा न १० का अध्यक्ष राम कुमार केसी लगायत त्यस भेगका पिडित बासिन्दहरुसँग त्यहाँको वस्तु स्थीति बारे जानकारी लिएका छन् ।

