हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु

२९ श्रावण २०७५, मंगलवार १५:३९

साउन २९, काठमाडौं । एजेन्सी

ताजिकिस्तानको दुर्गम पर्वतीय क्षेत्रमा एक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा रुसका तीन पर्वतारोही र ताजिकिस्तानको चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।

इमर्जेन्सी सेवा विभागका अधिकारीहरूले सोमवार बताएअनुसार, दुर्घटनामा १२ अन्य पर्वतारोही र चालक दलका तीन सदस्य घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको छ ।

घाइते भएका १२ पर्वतारोहीहरूमा बेलारुसका एक, स्पेनका एक र अन्य चाहिँ रुसका नागरिक छन् ।

एमआई८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको ठाउँ राजधानी दुशान्बेभन्दा ४८० किलोमिटर पूर्वतर्फ पर्छ । प्रसिद्ध पर्यटनस्थल पामीर रेन्जमा यो ठाउँ रहेको छ ।