‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ गीतको म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

२८ श्रावण २०७५, सोमबार १४:३७

साउन २८, काठमाडौं ।

गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवशको दिन पारेर भीमफेदी गाइज्ले यो म्युजिक भिडियोलाई बजारमा ल्याएको हो । पुष्पण प्रधानले स्वर दिएको गीतमा विकास पाण्डेको संगीत छ ।

रिकेश गुरुङ ‘की’ ले एरेन्ज गरेको भिडियोमा भीमफेदी गाइज्को अभिनय रहेको र निर्मल लामाको निर्देशन छ । भिडियोलाई पवन सुस्लिङले खिँचेका हुन् ।

बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई शब्दमा उतारिएको छ ।

(हेर्नुहोस् भिडियो)