“विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर ‘प्रकाण्ड’ पक्राउ

२३ श्रावण २०७५, बुधबार १४:०५

साउन २३, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।

पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ ।