साउन २२, काठमाडौं ।
अर्घाखाँचीको वाङ्गलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सन्धिखर्क–तम्घास सडकखण्डमा पर्ने वाङ्गलास्थित कोटफेरामा जिप दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका ४ कोटफेराका ३६ वर्षीय सन्तोष भुसालको मृत्यु भएको हो ।
मथुराबेशीबाट तम्घास फर्कंदै गर्दा लु १ ज १७७० नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
