भक्तपुरबाट अपहरित बालकको हत्या

२१ श्रावण २०७५, सोमबार १५:१९

साउन २१, काठमाडौं ।

आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।

ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो ।
सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे ।

महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेका अनुसार बच्चाको शवलाई पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको छ ।

उनले बालकको हत्या आइतबार साँझै भएको हो या सोमबार मात्रै भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।

उता, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग मुठभेडमा पर्दा दुर्इ अपहरणकारीको मृत्यु भएको छ ।