अमेरिकाले पहिला जापानमा मारेको थियो १ लाख ३० हजार मानिस

२१ श्रावण २०७५, सोमबार १३:३९

साउन २१, काठमाडौं । एजेन्सी

दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोशिमा शहरमा –आजकै दिन) ६ अगस्ट १९४५ को सवा आठ बजे अमेरिकाले परमाणु बम खसालेको थियो । यो बमको नाम लिटल व्वाइ थियो । हमलामा ८० हजार भन्दा धेरै मानिस मरेका थिए ।

शहरमा बस्ने ३० प्रतिशत मानिसको मृत्यु तत्काल भएको थियो । परमाणु विकिरणका कारण हजारौं मानिसले वर्षोपछि पनि आफ्नो ज्यान गुमाइरहे ।

यस हमलाको पछि ९ अगस्टमा जापानकै अर्को सहर नागासाकीमा अमेरिकाले अर्को बम फ्याट म्यान खसालिएको थियो । दुबै आक्रमणमा गरि करिब १ लाख २९ हजार मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • परमाणु आक्रमण बारे केही तथ्य

लिटल व्याइको तौल ४४०० किलो, लम्बाइ १० फुटको थियो ।

यो बमका कारण जमिनमा करिब ४ हजार डिग्री सेल्सियस तामक्रम उत्पन्न भएको थियो ।

बम हिरोशिमामा तय भएको स्थानमा खसेको थिएन । यो हिरोशिमाको आइयो ब्रिज नजिक खसाल्ने तयारी थियो । तर विपरित दिशाबाट चलेको हावाका कारण यो बम लक्ष्य भन्दा पर शीमा सर्जिक क्लिनिकमा खसेको थियो ।

यो हमलापछि २ लाख मानिसमा आज पनि रेडियेशनको असर बाँकी छ र उनीहरुलाई भेदभाव गरिने गरिएको छ ।

अमेरिकी एयरफोर्सका जवानले हमला भन्दा पहिला चेतावनी स्वरुप पर्चा खसालेका थिए ।

हमलामा शहरका करिब ९० प्रतिशत डाक्टरहरुको पनि मृत्यु भएका कारण घाइतेहरुको उपचार हुन सकेको थियो ।

विस्फोटले ३ हजार ९०० डिग्री सेल्सियस तापमान गर्मी तथा १ हजार ५ किमी प्रति घन्टाको रफ्तारसहित आँधी उत्पन्न भएको छ ।

हिरोशिमामा बम खसालीएको ९ दिनपछि नागासाकिमा बम खसालिएको थियो । यो हमलामा करिब ७२ हजार मानिसको मृत्यु भएको थियो ।

त्यसै रात अमेरिकि राष्ट्रपति ह्यारी टूम्यानले भनेका थिए,‘जापानीलाई अब थहा भयो होला कि परमाणु बम के गर्न सक्छ यदी अब पनि जापानले आत्मसमर्पण गरेन भने उसको अन्य युद्ध प्रतिष्ठानमा पनि हमला गरिनेछ ।’

यदी जापानले १४ अगस्टमा आत्मसमर्पण नगरेको भए अमेरिकाले १९ अगस्टमा अर्को एक बम खसाल्ने योजना बनाएको थियो ।