काठमाडौंमा १६ करोड रुपैयाँमा रुबी पत्थर बेच्न लाग्दा एक जना पक्राउ

२१ श्रावण २०७५, सोमबार १२:०३

साउन २१, काठमाडौं ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले दुई किलो बहुमुल्य रुबी पत्थरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरका दिपक सिजापति छन् ।

स्रोतका अनुसार सिजापतिले १६ करोड रुपैयाँमा चिनियाँ नागरिकलाई रुबी पत्थर विक्री गर्न लागेका थिए । रूबीलार्इ पत्थरको रानी भन्ने गरिन्छ ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।