साउन २०, काठमाडौं ।
थ्री अन थ्री एशिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली श्रीलंकाको राजधानी कोलोम्बो प्रस्थान गरेको छ ।
प्रस्थान गर्ने पुरुष टोलीमा मविन्द्र भण्डारी (कप्तान), अजय कुशवाहा, निश्चल महर्जन र अनिश बस्नेत छन् ।
त्यस्तै अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छिन् । अफिसियलमा विकास शाही र सदिना श्रेष्ठ छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता यही साउन २३ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
