चीनलाई व्यापारयुद्धबाट भारी नोक्सानी भइरहेको ट्रम्पको दाबी

२० श्रावण २०७५, आईतवार १६:४८

साउन २०, काठमाडौं । एजेन्सी

चीनसँग भइरहेको व्यापारयुद्धमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई विजेता घोषित गर्दै चीनलाई युद्धबाट भारी नोक्सानी भइरहेको दाबी गरेका छन् ।

उनले शनिवार बताएअनुसार, चीनमाथि लगाइएको करले आशा गरेभन्दा राम्रो परिणाम दिइरहेको छ । ट्रम्पले एकपछि अर्को ट्वीट गर्दै चीनको बजार २७ प्रतिशत झरेको र दुवै देश अहिले कुराकानी गरिरहेको बताए ।

उनले ट्वीट गरे, ‘अन्तःशुल्कले कल्पना गरेभन्दा राम्रो काम गरिरहेको छ । पछिल्लो चार महिनामा चीनको बजार २७ प्रतिशत झरेको छ र ऊ हामीसँग कुराकानी गरिरहेको छ । हाम्रो बजार र सदासर्वदादेखि बलियो छ र व्यापार सम्झौतामा सफलतापूर्वक कुराकानी गरेपछि हामीहरू नाटकीय ढंगले माथि जानेछौं ।’

अमेरिकी राष्ट्रपतिले अमेरिका पहिलो अन्तःशुल्कको प्रभावका बारेमा बोल्दै यसले स्टील उद्योगमा सकारात्मक प्रभाव परिरहेको बताए । उनले भने, ‘अमरिकामा अनेकौं स्टल् प्लान्ट खुलिरहेका छन् र सरकारी खजानामा डलर बर्सिरहेका छन् ।’

विश्वका दुई महाशक्तिहरू अप्रिल २०१७ देखि व्यापारयुद्धमा अल्झेका छन् । अमेरिकी राष्ट्रपतिले चीनबाट स्टील र एल्युमिनियमको आयात राष्ट्रिय सुरक्षाको विषय हो कि होइन भनी कमर्स डिपार्टमेन्टलाई यसको अनुसन्धान गर्न भनेका थिए ।

त्यसपछि चिनियाँ स्टील र एल्युमिनियम आयातमा कर लगाइएको थियो । अघिल्लो महिना मौ चीनबाट आउने ३४ अर्ब डलरबराबर मूल्यको सामानमा कर लगाइएको थियो ।