पाकिस्तानमा बस र ट्यांकर दुर्घटनामा २० जनाको मृत्यु

२० श्रावण २०७५, आईतवार १६:२७

साउन २०, काठमाडौं । एजेन्सी

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा शनिवार राति एक ट्यांकर र यात्रीबस ठोक्किँदा महिला र बच्चासहित कम्तीमा २० जनाको मृत्यु भएको छ । पैंतीस अन्य घाइते भएका छन् ।

जियो न्युजका अनुसार, यो दुर्घटना खैबर पख्तुनख्वास्थित कोहट जिल्लाको समारी क्षेत्रनजिक दुर्घटना भएको हो । बस बुनेरबाट कराँची आइरहेको थियो ।

च्यानलका अनुसार, उद्धार टोलीका सदस्यहरू तत्कालै घटनास्थल पुगेर घाइतेहरूलाई जिल्ला अस्पताल पु–याए ।

मृतकमा दुई महिला र दुई नाबालक पनि छन् ।