एकदिवसीय खेलमा कप्तान पारस खड्काको अर्धशतक

१८ श्रावण २०७५, शुक्रबार १७:२३

साउन १८, काठमाडौं ।

नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् ।

पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५० रन बनाएका हुन् । खड्का थप एक रन जोडेर आउट भए ।

यसअघि नेपालको पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सविरुद्ध ज्ञानेन्द्र मल्लले पनि अर्धसतक बनाएका थिए ।