राप्रपाका नेतासँग पारस शाहको ‘गोप्य’ वार्ता

१५ भाद्र २०७५, शुक्रबार १४:०१

 

पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरुलाई भेटेको झण्डै ६ महिनापछि पारस शाहले काठमाडौमा तीनै पार्टीका नेताहरु संग गोप्य रुपमा भेटेका छन् ।

पारस शाहले बुधबार कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका नेताहरु संग नक्सालस्थित एक होटलमा भेटेका हुन् ।

उनीहरुबीच चार घण्टा बार्ता भएको छ । १२ बजेदेखि भएको सो भेटघाटमा पारस शाहले राष्ट्रियता कमजोर बन्दै गएको समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

त्यसक्रममा पारशले युवा पलायन, महिला हिंसा र सामाजिक सुरक्षाबारे चासो ब्यक्त गरेका थिए ।

त्यसक्रममा पारसले तीनवटै राप्रपा एकीकरणमा भइरहेको ढिलाईबारे पनि नेताहरुसँग चासो व्यक्त गरेका थिए ।

पारससँगको भेटमा कतिपय नेताहरुले पारस शाहालाई सामाजिक अभियान चलाउन सुझाव दिएका थिए । तर, जवाफमा पारसले कुनै प्रतिकृया दिएनन् ।