बाबुले गरे १७ वर्षीय छोराको हत्या, किन ?

१६ श्रावण २०७५, बुधबार ११:२२

साउन १६, काठमाडौं ।

भक्तपुरमा एक बाबुले घरायसी विवादमा आफूसँगै सुतेका १७ वर्षीय छोराको क्रूर हत्या गरेका छन् ।

मोरङ सुनवर्षा नगरपालिका स्थायी घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले अाफूसँगै सुतेका १७ वर्षीय छोरा सागरको हत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले दाउले घाँटीमा प्रहार गरेर डिल्लीरामले आफूसँगै सुतेका छोराको हत्या गरेको जानकारी दिए ।

छोराको हत्या गरी भाग्दै गरेका चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा डिल्लीरामले घरायसी विवादका कारण आफूले छोराको हत्या गरेको स्वीकारेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।