नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

२२ श्रावण २०७५, मंगलवार १४:४६

साउन २२, काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

आज दिउँसो तीन बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक सन्दर्भ र आन्तरिक विषयवस्तुमा केन्द्रित हुने बताइएको छ ।

देउवा बुधबार झण्डै एक साताका लागि सिंगापुर भ्रमणमा जाँदैछन् । देउवा निकट श्रोतका अनुसार उनी स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका हुन् ।