नाइल नदीमा डुंगा पल्टियो, ४० जनाको मृत्यु

३१ श्रावण २०७५, बिहीबार १४:३०

साउन ३१, काठमाडौं ।

उत्तरी सुडानमा बुधवार नाइल नदी तर्ने क्रममा ४० जनाभन्दा बढी मानिस बोकेको डुंगा पल्टिँदा प्राथमिक विद्यालयका कम्तीमा २२ विद्यार्थी डुबेका छन् ।

विद्यालय जाँदै गरेका कम्तीमा २४ बालबालिका एक स्वास्थ्यकर्मी डुंगासँगै डुबेका छन् ।

नदीको प्रवाह तेज हुँदा डुंगाको इन्जिन बन्द भयो ।

सातदेखि १६ वर्ष उमेरका बालबालिका आत्तिन थाले, एकातर्फ ढल्किए अनि डुंगा पल्टियो, विद्यालयका प्रधानाध्यापकले बताए ।

अहिलेसम्म दुईवटा लाश मात्र फेला परेका छन् ।

केन्बा उच्च विद्यालयका प्रधानाध्यापक अब एल–खैर आदम युनिसले विद्यार्थीहरू प्रायः पैदल हिँडेरै विद्यालय आउने गरेको भएपनि एक हप्तादेखि भारी बर्खापछि आएको बाढीका कारण उनीहरू डुंगा चढेर आउन थालेका छन् ।

‘मर्नेमध्ये अधिकांश किशोरी थिए,’ उनले बताए ।

बेपत्ता किशोरहरूको लाशको खोजी सुरक्षाकर्मीहरूले गरिरहेका छन् ।