गोल्डेन ग्लोब्स विजेता गोलकिपर रियल मड्रिडले किन्यो

२५ श्रावण २०७५, शुक्रबार १५:४४

साउन २५, काठमाडौं । एजेन्सी

रसिया विश्वकपका गोल्डेन ग्लोब्स विजेता गोलकिपर थिबउट कोर्टुवा इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड गएका छन् ।

विश्वकपमा उत्कृष्ट खेल देखाउका कोर्टुवाले बिहीबार रियल मड्रिडसँग ६ वर्षको सम्झौता गरेका हुन् ।

उनले रियल मडि्रडमा आउँदा आफ्नो सपना पूरा भएको बताएका छन् । ‘रियलमा आउँदा मेरो सपना पूरा भएको छ । चेल्सीसँगका हरेक समय मलाई याद हुनेछ । चेल्सी सधैँ मेरो मनमा रहने छ’ २६ वर्षका उनले भने ।

बेल्जियन क्लब जेन्कबाट २०११ मा चेल्सी आएका कोर्टुवा तुरुन्तै लोनमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा गएका थिए । उनी २०१४ मा पुनः चेल्सी फर्किएका थिए ।

कोर्टुवा मडि्रड जाने पक्का भएसँगै चेल्सीले स्पेनिस क्लब एथ्लेटिको बिल्बाओबाट गोलकिपर केपा एरिजाबालागालाई कीर्तिमानी रकममा ल्याइसकेको छ । चेल्सीले २३ वर्षका गोलकिपर केपालाई ७१ मिलियन पाउण्डमा ल्याएको हो ।