भारतमा मच्चियो हिंसा; प्रहरीमाथि आक्रमणदेखी ट्रेनबाट हाम्फालेर आत्महत्या

१५ श्रावण २०७५, मंगलवार १६:५२

साउन १५, काठमाडौं । एजेन्सी

मराठीहरूलाई आरक्षण दिनुपर्ने भन्दै भारतको महाराष्ट्रमा हिंसा मच्चिएको छ । सोमवार अनेकौं भागमा आगजनी, सडक जाम, प्रहरीमाथि आक्रमण र बन्दका घटनाहरू भए ।

एक व्यक्तिले ट्रेनबाट हाम्फालेर आत्महत्या गरे ।

पुणेमा सयभन्दा बढी वाहनमा आगो लगाइएको छ । आन्दोनलनकारीहरूले मुम्बईमा जेल भर्ने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पुणेको चाकनमा जुलुस निकालिएको छ । अनेकौं ठाउँमा धारा १४४ लगाइएको छ ।

क्रुद्ध प्रदर्शनकारीहरूले चाकन प्रहरी चौकीमा आक्रमण गरे । हिंसामा पाँच प्रहरी घाइते भए । यसबाहेक शहरमा तीन अन्य व्यक्ति ढुंगा हानाहान हुँदा घाइते भए ।

प्रहरीले प्रदर्शनकारीहरूमाथि नियन्त्रणका लागि आँसुग्यास फ्याँक्यो । सबै राजनीतिक दलहरूले मराठी नेतालाई शान्ति र संयमका लागि अपील गरेका छन् ।