नेता गच्छदारले गरे जोशीलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने माग

१५ श्रावण २०७५, मंगलवार १५:५८

साउन १५, काठमाडौं ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले दीपकराज जोशीलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने माग गरेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ३० वर्ष न्याय सेवामा काम गरिसकेको व्यक्तिको प्रमाणपत्र छानबिन गर्नुपर्छ भन्नु बाहनामात्र भएको बताए ।

३० वर्षसम्म विवाद नभएको प्रमाणपत्रमा अहिले विवाद गरिएको भन्दै गच्छदारले प्रधानन्यायाधीशमा जोशीकै नियुक्ति हुनुपर्ने माग गरे ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने विषयमा संसदीय सुनुवाई समितिमा विवाद भइरहेका बेला गच्छदारले जोशीको नियुक्ति हुनुपर्ने माग गरेका हुन् ।