साउन १५, काठमाडौं ।
कैलालीमा १ महिलाले आफ्नो दूधे बालकको हत्या गरी आत्महत्या गरेकी छन् ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–२ कुम्भीयाकी सीतादेवी चौधरीले आफ्नै ४ वर्षीय छोरा संकेत चौधरीको हत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरि ओलीका अनुसार उनले सोमवार कोठाभित्र छोरालाई पासो लगाएर आफूले समेत झुण्डिएर आत्महत्या गरेकी छन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
