प्रियंका १० वर्ष साना निकसँग डेटिङमा व्यस्त, कम उमेरका युवकसँग विवाह किन ?

१३ श्रावण २०७५, आईतवार १५:००

साउन १३, काठमाडौं ।

नेपाली र भारतीय समाजमा युवक र युवती विचको विवाहका लागि युवक बढी उमेरको र युवती कम उमेरको रोज्ने वा खोज्ने गरिन्छ ।

घर परिवार देखि स्वयं युवक युवतीले पनि विवाहका लागि आफ्नो पार्टनरको उमेरलाई विशेष ध्यान दिने गरेका छन् । तर भारतीय अभिनेत्री प्रियंका चोपडाले भने आफूभन्दा १० वर्ष कान्छा युवक रोजेकी छिन् । जो सँग अहिले उनी डेट गरिरहेकी छिन्, घुमिरहेकी छिन् र मस्ती गरिरहेकी छिन् ।

उनै युवकका लागि उनले भारतीय फिल्म उद्योगमा फर्कने सुवर्ण अवसरलाई पनि पन्छाएकी छिन् । उनले सलमान खानको विग बजेटको फिल्म भारतमा खेल्न अस्विकार गरेकी छिन् । निकलाई समय दिन पर्ने भन्दै उनले फिल्म खेल्न अस्विकार गरेकी भारतीय सञ्चारमाध्यमहरुले जानएका छन् ।

पछिल्लो दिन प्रियंका चोपडा आफूभन्दा कम उमेरका व्याइफ्रेण्डका कारण चर्चामा छिन् ।

निक जोनसनसँगको डेटका कारण उनी चर्चामा रहेकी हुन् । उनले यसै वर्ष विवाह गर्नसक्ने समाचारहरु सार्वजनिक भइरहेका छन् ।

तर प्रियंकाले आफू भन्दा १० वर्ष कम उमेरको निकसँग डेट गरिरहेको भन्दै चर्चा भइरहेको छ । समाचारहरुका अनुसार दुबैले जुलाईको अन्तिममा या अगस्टमा विवाह गर्न सक्ने समाचारहरु सार्वजनिक भएका छन् । प्रियंकाले हालसालै निकलाई आफ्नी आमा मधु चोपडासँग भेटवार्ताका लागि भारत ल्याएकी थिइन् ।

कम उमेरका युवकसँग विवाह किन ?

साना उमेरका युवकसँग विवाह गर्दा युवतीलाई आफ्नो उमेरको ध्यान हुँदैन । आफ्नो उमेर कम भएपछि उनीहरु सक्रिय र स्पोर्टी हुने गर्छन् । उनीहरुलाई हरेक दिन नयाँ केही न केही गर्न मन पर्छ । कम उमेरका युवकसँग बस्दा किशोरीहरु आफूलाई जवान र चुस्त महसुस गर्छ ।

यदी कुनै युवतीले आफूभन्दा कम उमेरको युवकसँग विवाह गर्छिन् भने उनको जिन्दगी सधै रोमान्टिक बन्ने अध्ययनहरुले दखाएका छन् । पार्टनरले पनि राम्रो हर्कतका कारण युवतीलाई प्रभावमा पार्न खोजिरहन्छ ।

जो युवतीले कम उमेर युवकलाई जीवनसाथी बनाउँछिन् उनले आफ्नो पार्टनरको भन्दा धेरै चीजको अनुभव गरेकी हुन्छिन् । यति मात्र होइन करियरमा पनि आफ्नो पार्टनर भन्दा अगाडि रहन्छिन् ।

जसका कारण उनले अनुभवहरुलाई युवकसँग बाँड्न सक्छिन् । कम उमेरका युवकसँग शारीरिक सम्बन्ध बनाउनाले कुनै नोक्सान हुँदैन ।