डा.केसीका माग सम्बोधन चिकित्सक संघद्वारा सबै आन्दोलनका कार्यक्रम फिर्ता

११ श्रावण २०७५, शुक्रबार १२:५६

साउन ११, काठमाडौं ।

नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । संघका आजीवन सदस्य प्रा. डा. गोविन्द केसीले अनसन तोडेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो ।

नेपाल सरकारसँग बिहीबार साँझ सहमति भएपछि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका निम्ति १५ औं पटक अनसन बसेको २७ औं दिनमा डा. केसीले अनसन तोडेका थिए ।

चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बिज्ञप्ति निकालेर केसीका माग सम्बोधन गरी अनसन तोडाइएकोमा सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिइएको जानकारी दिएका छन् ।

केसीको जीवन रक्षाको लागि भन्दै संघले बिभिन्न दबावमुलक कार्यक्रमहरु गर्दै आएको थियो ।