पिउने पानीको बोतलभित्र मरेको किरा, उद्योगका प्रमुख चौधरी भन्छन् मिस्टेकले त्यस्तो भएको हुन सक्ने

१० श्रावण २०७५, बिहीबार १५:२३

साउन १०, काठमाडौं ।

सप्तरीमा एक पसलमा पानीको बोतलभित्र मरेको किरा भेटिएको छ । शम्भुनाथ नगरपालिका-५ मोहनपुरको वीरेन्द्र एण्ड सन्स फुड एण्ड वेभरेज इन्डस्ट्रिजले उत्पादन गरेको हेल्दी अकुवा पिउने पानीको बोतलभित्र किरा भेटिएको हेा ।

राजविराजस्थित सिनेमा हलको अगाडि रहेको नरेश पान पसलमा एकजना ग्राहकले पानी किन्ने क्रममा पानीको बोतलभित्र किरा भेटिएको थियो ।

उक्त पसलका प्रोप्राइटर नरेशले आफूलाई यसबारेमा केही थाहा नभएको बताएका छन् । आफूले कार्टुन नै खरिद गरेको र भित्र किरा भएको कुरा थाहा नभएको उनको भनाइ छ ।

यता, उक्त पानी उद्योगका प्रमुख त्रिभुवन चौधरीले मिस्टेकले त्यस्तो भएको हुन सक्ने बताउँदै अब सुधार गर्ने प्रतिकृया दिएका छन् । सप्तरीमा आधा दर्जनभन्दा बढी पिउने पानीको उद्योग छ । तर, बारम्बार कुनै न कुनै समस्या पिउने पानीमा देखिएको छ ।